दल

काठमाडौँका उम्मेदवार चयनमा राप्रपा अन्तिम चरणमा, कुन क्षेत्रमा कसको नाममा छलफल ?

इकागज |
असोज ७, २०७९ शुक्रबार १८:४० बजे

काठमाडौँ- राप्रपाले काठमाडौँका १० वटै निर्वाचन क्षेत्रका लागि प्रतिनिधि सभा उम्मेदवार चयनलाई अन्तिम चरणमा पुर्‍याएको छ । तीनवटा क्षेत्रमा एक/एकजना उम्मेदवारको नाम टुंगो लगाएको राप्रपाले बाँकी क्षेत्रमा दुई/तीन जनाको नाममा झारिएको राप्रपा स्रोतले जानकारी दियो । 

उम्मेदवारको घोषणाका बेलासम्म केही नाम परिवर्तन हुने सक्ने सम्भावना भए पनि अहिले टुंगो लगाएकै नामबाट उम्मेदवार घोषणा हुने राप्रपा स्रोतले जानकारी दिए । 


काठमाडौँ १ का लागि भुवन लामिछाने वा रवीन्द्र मिश्र (मिश्र राप्रपामा आएमा) नाम टुंगो लगाएको राप्रपाले काठमाडौँ २ मा नवराज सिम्खडा र कुन्ती पोख्रेलको नाममध्ये एक जनालाई चयन गर्नेगरी छलफल गरिरहेको छ । 

यसैगरी, काठमाडौँ ३ मा अनिल पराजुली र दुर्गा लामा, ४ मा भुवन पाठक र डा.अर्चन शमशेर राणा, ५ मा डा रामप्रसाद उप्रेती, केशव रेग्मी र सुरज पाण्डेमध्ये एक जनाको टुंगो लगाउने गरी राप्रपाले छलफल गरिरहेको छ । 

काठमाडौँ ६ मा प्राध्यापक विष्णु प्रसाद आचार्य र सञ्जय श्रेष्ठ, ७ मा ध्रुव बिक्रम मल्ल र ९ मा देवेन्द्र प्रधान, अमर सिह थापा, जितबहादुर लामामध्ये कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा राप्रपाले छलफल गरिरहेको छ । 

यसैगरी हालसम्म काठमाडौँ ८ मा प्रकाश रिमाल र  १० मा बलराम थापाको भने टुंगो लगाइसकेको छ । तर, आपसी सहमतिमा घोषणा हुने बेलासम्म उम्मेदवार परिवर्तनको ढोका खुलै राखेको राप्रपा स्रोतले बतायो ।
 


Author

थप समाचार
x