दल

गठबन्धनको सामना गर्न एमाले तयार : अध्यक्ष ओली

इकागज |
भदौ २, २०७९ बिहीबार १८:५३ बजे

फाइल फोटो

झापा - पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनसँग आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्न एमाले तयार रहेको बताएका छन् । 

आजै गृहजिल्ला झापा आइपुगेका उनले कचनकबलको बनियानीमा आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै गठबन्धनको सामना गर्न एमाले तयार रहेको बताएका हुन् । उनले एमाले कार्यकर्तालाई उच्च मनोबल र जितको मानसिकता बोकेर चुनावी अभियानमा लाग्न निर्देशन दिए । 


तीन दिन झापामै रहने

अध्यक्ष ओली आज दिउँसो गृहजिल्ला झापा आएा हुन् । उनी तीन दिन झापाका पार्टी कार्यक्रममा व्यस्त रहने बताइएको छ । तीन साताअघि पनि उनी चार दिन झापाको पार्टी कार्यक्रममा सहभागी भएर राजधानी फर्किएका थिए । 

उनको संसदीय क्षेत्रका प्रतिनिधि एवं एमाले प्रदेश कमिटी सदस्य होमबहादुर थापाका अनुसार कचनकबल, बिर्तामोड, गौरादह, दमक र इलामको चुलाचुलीमा आयोजना हुने कार्यक्रममा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।
 


Author

थप समाचार
x