दल

चुनाव : विप्लवले बहिस्कार गर्ने, सीपी गजुरेल भाग लिने

इकागज |
भदौ १, २०७९ बुधबार ९:१८ बजे

फाइल तस्बिर

काठमाडौँ- आगामी ४ मंसिरमा हुन गइरहेको संघीय तथा प्रदेश निर्वाचनमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्‍ट पार्टीले निर्वाचनमा भाग नलिने भएको छ ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा शान्ति प्रक्रियामा आएको चन्द नेतृत्वको नेकपाले संघीय र प्रदेश संसद्‌का दुवै चुनाव बहिस्कार गर्ने भएको हो ।


शान्ति प्रक्रियमा आए पनि अझै पनि मुद्धाहरू फिर्ता नभएको भन्दै सरकारकासँग आक्रोशित चन्द समूहले निर्वाचन प्रयोजनका लागि दल दर्ता नगराएको बुझिएको छ ।

उता, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीमा आवद्ध सीपी गजुरेलले भने देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल पार्टीमार्फत निर्वाचन आयोगमा दल दर्ता गराएका छन् । गजुरेल नेतृत्वको सो मोर्चा वैद्य समूहको एक घटक हो । 


Author

थप समाचार
x