दल

झलनाथ खनाल भन्छन्

'कसैको अपमान गरेर तालमेल हुँदैन, सबैलाई समान हुने बुटी खोज्नुपर्छ'

इकागज |
साउन २४, २०७९ मंगलबार १२:२४ बजे

फाइल तस्बिर

काठमाडौँ - नेकपा (एकीकृत समाजवादी) का सम्मानीत नेता झलनाथ खनालले आगामी निर्वाचनमा गठबन्धन गरेर जाँदा सबै दललाई समान ढंगले सिट बाँडफाँट हुनुपर्ने बताएका छन् । मंगलबार बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर फर्केपछि नेता खनालले २०७४ को निर्वाचन र हालै सम्पन्न स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरेर सिट बाँडफाँट गर्न गर्नुपर्ने बताएका हुन् । 

नेता खनालले प्रत्येक पार्टीको आफ्नो हैसियत हुने भएकोले गठबन्धनमा सहभागी दललाई अपमान गरे तालमेल नहुने चेतावनी समेत दिए । सबै दललाई समान रूपमा सिट बाँडफाँट गर्ने बुटी खोजेर अघि बढ्नुपर्ने उनको भनाइ छ । 


‘गठबन्धन आवश्यक पर्ने ठाउँमा तालमेलको कुरा हुन्छ । तालमेल गर्दा प्रत्येक पार्टीको आफ्नो हैसियत हुन्छ । २०७४ को निर्वाचन, भर्खरै सम्पन्न स्थानीय निर्वाचनको परिणामका आधारमा उभिएर तालमेल हुनुपर्छ । सबैलाई समान हुने ढंगले तालमेल गर्नुपर्छ,' उनले भने, 'कसैले अपमान गरेमा ऊ तालमेलमा आउँदैन । सबैलाई समान हुने खालको तालमेलको बुटी बनाउन आवश्यक छ ।’

उनले वाम एकताको लागि सबैभन्दा ठूलो दलको पहल नरहेको भन्दै तत्काल कुनै पनि सम्भावना नरहेको बताए ।


Author

थप समाचार
x