दल

संघीय निर्वाचनका लागि एमालेले आज दल दर्ता गर्दै

इकागज |
साउन २४, २०७९ मंगलबार १०:२ बजे

काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आज संघ र प्रदेश सदस्य निर्वाचनका लागि दल दर्ता गर्दैछ । आज दिउँसो निर्वाचन आयोग पुगेर दल दर्ताका लागि निवेदन दिने भएको हो ।

आयोगले यही साउन ३१ गतेभित्र दल दर्ता गरिसक्न आह्वान गरेको थियो । दल दर्ताका लागि एमाले उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, उपमहासचिव तथा निर्वाचन विभाग प्रमुख विष्णु रिमाललगायतका नेताहरू आयोग जाने जनाइएको छ ।


निर्वाचन आयोगले आगामी प्रदेश र संघीय सदस्य निर्वाचनका लागि आइतबारदेखि दल दर्ता शुरु गरिसकेको छ ।


Author

थप समाचार
x