दल

खुसीले उफ्रिँदै जब जापानी विद्यार्थीले प्रचण्डसँग फोटो खिच्‍न लगाए...

इकागज |
साउन २२, २०७९ आइतवार १०:४८ बजे

प्रचण्डसँग फोटो खिचाउँदै जापानी विद्यार्थी । तस्बिर : प्रचण्डको सचिवालय

काठमाडौँ- पाँच दिने भ्रमणमा गएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जापानको विभिन्‍न ठाउँमा अवलोकन गरेका छन् । आज मात्रै आणविक बम खसालिएको हिरोसिमा सहरस्थित संग्रहालय अवलोकन गरेका छन् ।

हिरोसिमा जापानी विद्यार्थीले नेपालका पूर्वप्रधानमन्त्री प्रचण्डसँग भेट्‍न पाउँदा ज्‍यादै खुसी भएको बताएको प्रचण्डका स्वकिय सचिव रमेश मल्‍लले बताए । 'नेपालबारे अध्ययन गर्दै थिएँ । पूर्वप्रधानमन्त्रीज्यूलाई भेट्न पाउँदा ज्यादै खुशी लाग्यो' ति विद्यार्थीको भनाइ उदृत गर्दै मल्‍लले भने । उनले प्रचण्डको नाम वेब पेजमा खोजे र खुशीले उफ्रिएर आफ्नो साथी खोजेर फोटो लिन लगाएको मल्‍लले बताए ।


प्रचण्ड यही साउन २० गते जापान प्रस्थान गरेका थिए ।


Author

थप समाचार
x