दल

ओली पशुपतिको आरतीमा सहभागी हुँदै

इकागज |
साउन १६, २०७९ सोमबार १६:५२ बजे

फाइल फोटो

काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज साँझ पशुपतिको विशेष आरतीमा सहभागी हुने भएका छन् । 

प्रेस संयोजक रामशरण बजगाइँका अनुसार पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली आरतीमा सहभागी हुन आज साँझ साढे ५ बजे पशुपति पुग्नेछन् । पशुपति बागमती गंगा आरती परिवारको वार्षिकोत्सवमा सहभागी हुन उनी पशुपति जान लागेका हुन् ।


आरतीमा सहभागी भएसँगै ओलीले मन्दिरको पनि दर्शन गर्ने कार्यक्रम छ।


Author

थप समाचार
x