दल

जनार्दन शर्मा पुन: अर्थमन्त्री बन्‍ने

इकागज |
साउन १५, २०७९ आइतबार १२:५० बजे

काठमाडौँ - जनार्दन शर्मा पुन: अर्थमन्त्री बन्ने भएका छन् । माओवादी केन्द्रले शर्मालाई नै अर्थमन्त्री बनाउन नाम पठाइसकेको माओवादीका एक नेताले जानकारी दिए । उनका अनुसार शर्माले आजै शपथ ग्रहण गर्नेछन् । 

बजेट भाषणको अघिल्लो रात अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयभित्र लिएर राजस्वका दर हेरफेर गरेको आरोप लागेपछि उनले अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए । उक्त प्रकरणमा संसदीय छानबिन विशेष समितिले अनधिकृत मानिहरू सहभागी भएको नपाइएको निष्कर्ष निकालेको थियो ।



Author

थप समाचार
x