दल

जनभावनाअनुरुप काम गर्न कार्यकर्तालाई उपसभापति खड्काको निर्देशन

इकागज |
साउन १४, २०७९ शनिबार २१:५९ बजे

फाइल फोटो

कास्की - नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जनभावनाअनुरुप काम गर्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । नेपाली कांग्रेस कास्कीद्वारा स्थानीय तह निर्वाचन–२०७९ मा कांग्रेसका उम्मेदवारको सम्मानार्थ आज आयोजित कार्यक्रममा उनले जनतालाई केन्द्रमा राखेर काम गरेमा नेतृत्व विकाससँगै पार्टी सङ्गठनप्रतिको आकर्षण बढ्ने बताए । नवनिर्वाचित जनप्रतिनिधिलाई इमान्दारीता र जिम्मेवारिताका साथ क्रियाशील बन्न उनले आग्रह गरे । 

राष्ट्रिय आवश्यकताका आधारमा नेपालमा राजनीतिक दलहरू एकताबद्ध हुने गरेको बताउँदै उनले आगामी निर्वाचनसम्म नै गठबन्धन कायम रहने बताए 
 कांग्रेस केन्द्रीय सदस्य गुरु बरालले कांग्रेसका तर्फबाट निर्वाचित जनप्रतिनिधिको जनता तथा समाजप्रतिको जिम्मेवारी अहम् हुने बताउँदै जिम्मेवारीलाई आत्मसात गर्दै अघि बढ्नुपर्ने बताए । 



Author

थप समाचार
x