दल

कांग्रेस नेता प्रदीप गिरिको स्वास्थ्य अवस्था सुधारउन्मुख

इकागज |
साउन १४, २०७९ शनिबार २१:२६ बजे

फाइल फोटो

काठमाडौँ - नेपाली कांग्रेसका नेता प्रदीप गिरिको स्वास्थ्य सुधारउन्मुख रहेको छ । ललितपुरको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका उनको स्वास्थ्य अवस्था सुधारउन्मुख रहेको अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा जयेन्द्र बज्राचार्यले जानकारी दिए । 

`उहाँको स्वास्थ्य अवस्था सामान्य छ`, उनले भने, `अहिले अस्पतालमा राखेर उपचार भइरहेको छ ।` अस्पतालका डा पंकज वर्मनको नेतृत्वको चिकित्सक समूहले गिरिको उपचार गरिरहेको छ । नेता गिरिलाई गत सोमबार अस्पतालमा भर्ना गरिएको थियो । 



Author

थप समाचार
x