दल

कांग्रेस पदाधिकारी बैठकमा सभापति देउवा नजाने

इकागज |
असार २१, २०७९ मंगलबार ९:४५ बजे

फाइल तस्बिर

काठमाडौँ- आज नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्नेछ । बैठक दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्नेछ ।

बैठकमा प्रधानमन्त्री एवं पार्टी सभापति भने उपस्थित नहुने जनाइएको छ । आजको बैठक नेतृत्व पार्टीका उपसभापति पूर्णबहादुर खड्काले गर्नेछन् । समय व्यस्तताका कारण सभापति देउवा पदाधिकारी बैठकमा उपस्थित हुन नसक्ने जनाइएको छ । बैठकमा पार्टीको भातृ संगठनका बारेमा छलफल हुनेछ ।


बैठकमा शेखर कोइराला पक्षधरले पाँच बुँदे असन्तुष्टी जाहेर गर्ने भएका छन् । पार्टीका सबै विभागमा ४० प्रतिशतसमेतको दावी गर्दै कोइराला पक्षले सो असन्तुष्टी जाहेर गर्ने भएका हुन् ।

गत बिहीबार बसेको कोइराला समूहका बैठकले सरकार भ्रष्टाचारमा लिप्त भएको देखि सभापति शेरबहादुर देउवा पार्टीको नेता नभएर गुटको नेता भएको भन्दै ‘रचानात्मक विद्रोह’ गर्ने जनाएका थिए । महामन्त्री गनन थापासमेत उपस्थित बैठकमा कोइराला पक्षधरका अधिकांश नेताको उपस्थिति रहेको थियो ।

मंगलबारदेखि सुरु हुने बैठकमा सरकार सञ्चालनदेखि अन्य विषयमा असन्तुष्टी जनाउँदै कोइराला पक्षधरले ‘रचानात्मक विद्रोह’ गर्ने केन्द्रीय सदस्य चन्द्र भण्डारीले जानकारी दिएका छन् ।


Author

थप समाचार
x