दल

माओवादीको केन्द्रीय समिति बैठक सुरु, टुंग्याउला त पदाधिकारी ?

इकागज |
असार १९, २०७९ आइतबार १२:१९ बजे

काठमाडौं – सत्तासीन नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बैठक काठमाडौंको प्रज्ञाभवनमा केही बेरअघि सुरु भएको हो । 

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रमबारे रिपोर्टिङ गर्ने र आसन्न संघीय तथा प्रादेशिक निर्वाचनमा कस्तो रणनीतिसाथ अगाडि बढ्ने लगायतका विषयमा छलफल हुनेछ । 


त्यस्तै, आजको बैठकले अध्यक्ष प्रचण्डले गत मंसिरदेखि पूर्णता पाउने नसेकेको पदाधिकारी, स्थायी कमिटी र पोलिटब्यूरो प्रस्ताव गर्ने कार्यसूची पनि रहेको छ  ।
तर, आजको बैठकबाट पनि पदाधिकारी, स्थायी कमिटी र पोलिटब्यूरोले पूर्णता पाउने सम्भवना एकदमै न्यून देखिएको छ । 

माओवादी केन्द्रका नेता देव गुरुङले पार्टीले आवश्यक ठानेको खण्डमा मात्र १५ सदस्यीय पदाधिकारी समितिले पूर्णता पाउने बताए । ‘पार्टीले आवश्यक ठानेको खण्डमा यसले पूर्णता पाउनेछ,’ इकाजगसँग उनले भने । 

महासचिवको विषयमा सर्वसम्मत नदेखिएका कारणले अहिलेसम्म माओवादी केन्द्रले पदाधिकारीलाई पूर्णता दिन सकेको छैन । महासचिवका लागि निर्वाचन नै गर्नुपर्ने स्थिति पार्टीमा देखिएको । 

माओवादी केन्द्रको ८ औँ महाधिवेशन गत मंसिरमा काठमाडौंमा सम्पन्न भएको थियो । महाधिवेशनबाट २ सय ३७ जना केन्द्रीय कमिटी अध्यक्ष प्रचण्डले चयन गरेका थिए । विधानअनुसार माओवादीमा २ सय ९९ केन्द्रीय प्रतिनिधि हुनेछन् । 

देशभरबाट करिव १८ सय प्रतिनिधिको उपस्थितिमा सम्पन्न महाधिवेशनले पदाधिकारी, स्थायी कमिटी र पोलिटब्यूरो चयन गर्न सकेन । 


Author

थप समाचार
x