दल

काठमाडौं क्षेत्र नम्बर ५ बाट चुनाव लड्ने रञ्जु दर्शनाको घोषणा

इकागज |
असार १९, २०७९ आइतवार ८:९ बजे

काठमाडौँ - रञ्जु दर्शनाले काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवारी दिने घोषणा गरेकी छन् । विवेकशील साझा पार्टी छाडेर बसेकी दर्शनाले सामाजिक सञ्जालमार्फत  काठमाडौं क्षेत्र नम्बर ५ बाट चुनाव लड्ने आधिकारिक घोषणा गरेकी हुन् । 

‘तपाईंहरूले विभिन्न माध्यमबाट आउने संघीय निर्वाचनमा मेरो उम्मेदवारी रहने कुरा थाहा पाइसक्नुभएको छ’, उनले फेसबुकमा लेखेकी छन्, ‘आज आधिकारिक रूपमा आउने निर्वाचनमा काठमाडौं क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित हुनका लागि प्रतिस्पर्धामा उत्रने कुरा यहाँहरूसमक्ष बाँड्न पाउँदा हर्षित छु।’


काठमाडौँ क्षेत्र नम्बर ५ एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको निर्वाचन क्षेत्र हो । २०७४ को निर्वाचनमा पोखरेल काठमाडौँ-५ बाट निर्वाचित भएका थिए ।
 


Author

थप समाचार
x