दल

कमल थापाको दाबी : राप्रपा नेपालप्रति आम नागरिकको आकर्षण बढ्‍यो

इकागज |
असार १८, २०७९ शनिवार १५:५४ बजे

फाइल तस्बिर

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले छोटो अवधिमा नै आफ्नो पार्टीको पक्षमा आकर्षण बढेर गएको दाबी गरेका छन् ।

शनिबार काठमाडौँमा आयोजित पार्टी प्रवेश कार्यक्रममा थापाले मुलुकको कान्छो पार्टी भएपनि राप्रपा नेपालप्रति आम नागरिकको आकर्षण बढ्दै गएको दाबी गरेका हुन् । थापाले बुद्धिजिवि र नागरिक समाजमा पनि पार्टीप्रति उत्सुकता र चासो देखिएको भन्दै यसले राप्रपा नेपालको उज्वल भविष्यको संकेत गर्ने तर्क गरे ।


राप्रपा नेपाललाई राष्ट्रवादी पार्टी बनाउन लागेको र सनातन हिन्दु राष्ट्र स्थापना गर्ने लक्ष्यका साथ अघि बढ्ने उनको भनाइ छ ।

कार्यक्रममा नेकपा मालेका पोलिट्व्युरो सदस्य कुमार श्रेष्ठ नेतृत्वको टोलीलाई अध्यक्ष थापाले राप्रपा नेपालमा समायोजन गराएका थिए ।


Author

थप समाचार
x