दल

शेखर भेलाकाे निष्कर्ष : देउवा पार्टीको नभइ गठबन्धनको सभापति बन्‍न खोजे

इकागज |
असार १७, २०७९ शुक्रबार २०:१८ बजे

काठमाडौँ- नेपाली कांग्रेसको शेखर कोइराला पक्षले सभापति शेरबहादुर देउवा पार्टीको नभइ गठबन्धनको सभापति बन्‍न खोजेको टिप्पणी गरेको छ ।

शुक्रबार काठमाडौँमा सम्पन्‍न सो समूहको भेलाले सभापति देउवाले ४० प्रतिशत महाधिवेशन प्रतिनिधिलाई आफू सभापति हो भन्‍ने अनुभूति दिलाउन नसकेको र पार्टी भन्दा पनि गठबन्धनको सभापति भएर हिँड्न खोजेको निष्कर्ष निकालेको हो ।


पार्टीलाई विधि विधानमा सञ्‍चालन गर्नका लागि सभापतिलाई दवाव दिने निष्कर्ष भेलाले गरेको कांग्रेस नेता गोविन्द पोखरेलले जानकारी दिए । जनताको जनजिविका कुरालाई सरकारले ध्यान दिन नसकेको र जनतासँग गरेको प्रतिबद्धता अनुसार काम गर्न नसकेको समेत भेलाले निष्कर्ष निकालेको छ । त्यस्तै भेलाले नीतिगत भ्रष्टाचार बढ्दै गएको भन्दै यसलाई रोक्नुपर्ने निष्कर्ष निकालेको पोखरेलले बताए ।

सो समूहले भेलाले निकालेका निष्कर्षलाई कार्यान्वयन गराउन केन्द्रीय समिति बैठकबाट दवाव दिने समेत जनाएको छ । 


Author

थप समाचार
x