दल

अर्थ मन्त्रालयको फुटेज हेरेर तथ्य बाहिर ल्याउन प्रधानमन्त्रीसँग नेम्वाङको माग

इकागज |
असार १६, २०७९ बिहीबार १३:१६ बजे

फाइल तस्बिर

काठमाडौँ - प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का संसदीय दलका उपनेता सुवाष नेम्वाङले अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनधिकृत मान्छे सामेल गराएको भन्ने विषयमा तत्काल छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेका छन् । संसद् दिवसको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता नेम्वाङले अर्थ मन्त्रालयको फुटेज हेरेर भए पनि तथ्य बाहिर ल्याउन प्रधानमन्त्री देउवासँग माग गरे । 

प्रमुख प्रतिपक्ष दलको तर्फबाट एक जना प्रतिनिधि राखेर अर्थ मन्त्रालयको फुटेज हेरेपछि यथार्थ कुरा बाहिर आउने उनको भनाइ छ ।  प्रमुख प्रतिपक्ष उठाएको कुरा छानबिन नगरे कुराले संसद्लाई कमजोर बनाउने  उनले बताए । 


‘संसद्ले बनाउने कानुन संसद्‍बाटै बनाउनु पर्छ । बजेट बनाउने बेलामा अनधिकृत मान्छे भन्ने प्रश्न संसद्‍मा पनि पटकपटक प्रश्न उठेको छ । अर्थमन्त्रीजीले होइन भन्नुभयो,' उनले भने 'हो कि होइन ? म अहिले केही भन्दिनँ ।प्रधानमन्त्रीजीले एक जना प्रमुख प्रतिपक्षको प्रतिनिधि राख्नुस् । तीन जनाले बालुवाटारमै बसेर वा प्रधानमन्त्री कार्यालयमा बसेर अर्थ मन्त्रालयको फुटेज हेर्दिनोस् । हेरेर तपाईहरूले भनेजस्तो त देखिएन भनिदिनुस् । त्यहीँ मान्छौँ हामी ।’

उपनेता नेम्वाङले अमेरिकासँगको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) कसले अघि बढाएको भन्ने विषयमा विवाद भएपछि सरकारले त्यसलाई छानबिन गरेर तथ्य बाहिर ल्याउन ढिलाइ गर्न नहुने बताए । 


Author

थप समाचार
x