दल

केपी ओली र वामदेव गौतमबीच बालकोटमा भेटवार्ता

इकागज |
असार १६, २०७९ बिहीबार १२:५३ बजे

काठमाडौं - एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ । ओली निवास बालकोटमा बिहीबार दुई शीर्ष नेताबीच भेटवार्ता भएको हो । 

एमाले विभाजनपछि पहिलोपटक ओलीलाई भेट्न गौतम पहिलोपटक बालकोट पुगेका हुन् । कम्युनिष्ट पार्टीबीच एकता अभियान चलाएको बताएका गौतमले ओलीलाई भेटेका हुन् । 


नयाँ पार्टी घोषणा गरेको तेस्रो दिन बिहीबार गौतमले ओलीलाई भेटेका हुन् । ‘वामदेव गौतमज्यूले भेट्न चाहनुभयो । सोहीअनुसार समय दिएपछि उहाँ ओलीलाई भेट्न बालकोट आउनु भएको हो,’ ओलीका प्रेस संयोजक रामशरण बजगाईंले भने । 
 


Author

थप समाचार
x