दल

कम्युनिष्ट आन्दोलन धराशायी, आउँदो निर्वाचनमा कांग्रेसको बहुमत आउँछ : वामदेव गौतम

इकागज |
असार १४, २०७९ मगलवार १५:५७ बजे

काठमाडौं - नेकपा राष्ट्रिय एकता पार्टी अध्यक्ष वामदेव गौतमले कम्युनिष्ट आन्दोलन धराशायी बनेको बताएका छन् । 

काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गर्दै आफू नेतृत्वमा ‘नेकपा राष्ट्रिय एकता पार्टी’ घोषणा गरेका गौतमले आफूले जीवन समर्पित गरेको कम्युनिष्ट आन्दोलन धराशायी बनेपछि नयाँ राजनीति दल खोल्नुपरेको बताए । 


आफूले नै निर्माण गरेको पार्टी र आन्दोलन धराशायी बनेको हेरेर बस्न नसक्ने भन्दै उनले गत स्थानीय तह निर्वाचनमा एमालेविरुद्ध पाँच दलीय गठबन्धन लागेको बताए । 

कम्युनिष्टबीच एकता तथा कार्यगत एकता भएन भने गठबन्धनका नाममा कांग्रेसले आगामी संघ र प्रदेशको निर्वाचनमा बहुमत ल्याउने दाबी गरेका गौतमले यदी बहुमत ल्याएन भने प्रतिनिधिसभा र प्रदेशसभामा कांग्रेस सबैभन्दा ठूलो दल हुने बताए । 

यसपछि पाँच वर्ष कांग्रेसकै नेतृत्वमा देशको संरचना रहने भन्दै उनले दोस्रो निर्वाचनमा कांग्रेसलाई गठबन्धनको आवश्यक नपर्ने बताए । यो स्थितिलाई नियन्त्रणमा लिन आफूले नयाँ दल घोषणा गरेको बताउँदै गौतमले कम्युनिष्ट पार्टीबीच एकता आवश्यक रहेको बताए । 


Author

थप समाचार
x