दल

यी हुन् वामदेव गौतमको नयाँ पार्टीका केन्द्रीय सदस्यहरू (सूचीसहित)

इकागज |
असार १४, २०७९ मंगलबार ११:२३ बजे

फाइल तस्बिर

काठमाडौँ- वामदेव गौतमले नयाँ राजनीतिक दल घोषणा गर्दैछन् । आज दिउँसो ३ बजे रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर गौतमले नयाँ पार्टी घोषणा गर्न लागेका हुन् ।

गौतमको पार्टीको नाम नेकपा (एकता राष्ट्रिय अभियान) रहेको उनी निकट स्रोतले बतायो । उक्त पार्टीको अध्यक्ष गौतम आफै हुनेछन् । त्यस्तै सचिवमा डिबी कार्की रहने बताइएको छ ।


तत्कालिन नेकपा विभाजन भएपछि नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानको संयोजक भएर कम्युनिस्ट एकता गर्ने गौतमले बताउँदै आएका थिए ।

गौतमले शनिबार मात्रै अभियानका राष्ट्रिय भेला आयोजना गरेर घोषणापत्र सार्वजनिक गरेका थिए ।


Author

थप समाचार
x