दल

सम्पत्ति विवरण सार्वजनिक नगरी बिदा भए समाजवादीका चार मन्त्री

इकागज |
असार १३, २०७९ सोमबार ९:४६ बजे

काठमाडौँ - शेरबहादुर देउवा नेतृत्वको सरकारका चार मन्त्री सम्पत्ति विवरण सार्वजनिक नै नगरी बिदा भएका छन् । मन्त्री नियुक्त भएलगत्तै सम्पत्ति विवरण सार्वजनिक गर्ने परम्परा तोड्दै देउवा सरकारका चार मन्त्री विवरण नै सार्वजनिक नगरी बाहिरिएका हुन् ।

नेकपा (एकीकृत समाजवादी) पार्टीबाट सरकारमा प्रतिनिधित्व गर्ने स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र सहरी विकासमन्त्री रामकुमारी झाँक्री आइतबारदेखि बिदा भएका छन् ।


उनीहरूका ठाउँमा पार्टीले आइतबार एकीकृत समाजवादीका जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उडड्यन, मेटमणि चौधरीलाई शहरी विकास, भवानीप्रसाद खापुङलाई बढुवा गर्दै स्वास्थ्य तथा जनसंख्या, शेरबहादुर कुँवरलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, हिराचन्द्र केसीलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरिएको हो ।

यसअघि सरकारका सबै मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गर्दै आएका थिए ।  


Author

थप समाचार
x