दल

पार्टी फुटाएर अलग्गै नभएको भए लोकतन्त्रमाथि आक्रमण हुन्‍थ्‍याे : नेपाल

इकागज |
असार ११, २०७९ शनिबार १६:६ बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफूहरूले नेकपा एमालेबाट विद्रोह गरेर देशलाई अस्थिर राजनीतिक अवस्थाबाट बचाएको बताएका छन् ।

केन्द्रीय कमिटीको बैठकपछि आयोजित कार्यक्रममा उनले यदि पार्टी फुटाएर अलग्गै नभएको भए लोकतन्त्र, संघीयता र संविधानमाथि आक्रमण हुन सक्ने अवस्था आइसकेको उनको भनाइ छ । यसकारण विद्रोह गरेर देश र नेपाली जनताको लागि ठीक काम गरेको दाबी गरे ।


कार्यक्रममा उनले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि तयारीमा लाग्‍न पनि निर्देशन दिए । आगामी निर्वाचनमा कति स्थानमा उम्मेदवारी दिने भन्‍ने विषयमा विश्लेषण गर्न उनले निर्देशन पनि दिएका छन् ।


Author

थप समाचार
x