दल

न्यायाधीश र अधिवक्तालाई पक्राउ गरेर अनुसन्धान गर्न राप्रपाले न्यायपरिषद्‌मा निवेदन दर्ता गरायो

इकागज |
असार ९, २०७९ बिहीबार १३:५३ बजे

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई करोड घुसको डिल गर्ने न्यायाधीश र अधिवक्तालाई पक्राउ गरि अनुसन्धान गर्नुपर्ने भन्दै न्यायपरिषद्‌मा निवेदन दर्ता गरेको छ ।

पार्टीको सुशासन विभागका प्रमुख तथा राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाही नेतृत्वको टोलीले घुस काण्ड सार्वजनिक भएपछि काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार पोखरेल र अधिवक्ता रुद्र पोखरेललाई पक्राउ गरि थप अनुसन्धान गर्न निवेदन दर्ता गराएको हो ।


निवेदन दर्तापछि शाहीले तत्काल उनीहरुलाई पक्राउ नगरे थप आन्दोलन गर्ने र सर्वोच्चमा रिट दायर गरिने चेतावनी दिए । मुलुकका विधिको शासन कायम गर्न पनि सबैलाई बराबरको कानून हुनुपर्ने राप्रपाले जनाएको छ । 


Author

थप समाचार
x