दल

विप्लवको पार्टीबाट अलग्गिए ओमप्रकाश पुनसहितका चार नेता

इकागज |
असार ९, २०७९ बिहिवार १०:२५ बजे

काठमाडौँ - नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका पोलिट् व्यूरो सदस्य ओमप्रकाश पुनसहित चार जनाले पार्टीबाट राजीनामा दिएका छन् । बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै पार्टीबाट अलग भएको घोषणा गरेका हुन् । 

राजीनामा दिनेमा पुनसहित केन्द्रीय सल्लाहकार शंकरबहादुर खड्का, महाकाली इन्चार्ज दलबहादुर धामी र विशेष कमिटी सदस्य रमेश परियार छन् ।  


माओवादी धारलाई एकीकृत र ध्रुबीकृत गर्ने बस्तुगत आवश्यकता महसुसगरी त्यसकै प्रयास स्वरूप पार्टीबाट अलग भएको विज्ञप्तिमा उल्लेख छ । टुट फुट र विभाजन होइन एकतावद्ध र एकीकृत कम्युनिष्ट पार्टी निर्माणको दिशामा एकाकार हुन राजीनामा दिएको पुनले बताए ।


Author

थप समाचार
x