दल

७४९ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक : कसले कति जिते ?

इकागज |
जेठ १२, २०७९ बिहीबार ६:१९ बजे

काठमाडौँ- स्थानीय तह निर्वाचनको मत परिणाम धमाधम सार्वजनिक भइरहेको छ । हालसम्म बिहिबार बिहान ६ बजेसम्म ७४९ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

नेपाली कांग्रेसले ३२७ पालिका प्रमुख जितेको छ भने नेकपा एमालेले २०५ पालिका प्रमुख जितेको छ ।


त्यस्तै नेकपा माओवादी केन्द्रले १२१ पालिका प्रमुख जितेको छ । जनता समाजवादी पार्टीले ३०, नेकपा एकिकृत समाजवादी पार्टीले २० पालिका प्रमुख जितेको छ ।

लोकतान्त्रिक समाजवादी पार्टीले १६ पालिकामा प्रमुख पद जितेको छभने राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले समान ४-४ पालिकामा प्रमुख पद जितेका छन् । 

जनमत पार्टीले २ पालिकामा प्रमुख पद जित्दा नेपाल मजदुर किसान पार्टी, तराई मधेश लोकतान्त्रिक पार्टी, जनता प्रगतिशील पार्टी र विवेकशील साझा पार्टीले १-१ पालिकामा प्रमुख पद जितेका छन् ।

यस्तै स्वतन्त्रबाट उठेका १२ जनाले पालिकामा प्रमुख जितेका छन् ।

अब चार पालिकाको मत परिणाम आउन बाँकी छ ।
 


Author

थप समाचार
x