दल

पोखरामा धनराजको अग्रता कायमै, उपमेयरमा एमालेले उछिन्यो

इकागज |
जेठ ७, २०७९ २०:१४ बजे

पोखरा – पोखरा महानगरपालिकामा गठबन्धनका उम्मेदवार धनराज आचार्यले एकोहोरो अग्रता लिईरहेका  छन् । उपमेयरमा भने गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाट र एमालेकी मञ्जुदेवी गुरुङ बिच अगाडिपछाडि चलिरहेको छ । तर एमालेले आफ्नो पकड क्षेत्र मानेको वडाको गणना हुँदा मेयरलाई फरक नपरेपनि उपमेयरमा गुरुङले एक हजार बढिको अग्रता बनाएकी छिन् । 

एमालेले आफ्नो पकड मानेको १५, १६, १७ र २१ नम्बरको शनिबारबाट गणना सुरु भएको हो । ती वडाहरुको सुरुवाती गणनामा धनराजको अग्रता कायमै छ । ९२ हजार ५ सय ६१ मतगणना हुँदा मेयरमा आचार्यले ३७ हजार १ सय २२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कृष्ण थापाले ३३ हजार ८ सय ५० मत ल्याएका छन् ।


दुवै बीच कडा प्रतिस्पर्धा कायमै रहेकोमा पछिल्लो गणनाबाट धनराजले मतान्तर फराकिलो बनाउँदै ३ हजार २ सय ७२ को अन्तर पारेका छन् । यसैगरी, मेयर मै राप्रपाका शंकर खरालले ४ हजार २ सय २८ प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार खडकराज पौडेल (गनेस)ले २ हजार ४ सय ४५ मत पाएका छन् । 

उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङले ३८ हजार ५ सय ७६ ल्याएकी छिन् भने रानाभाटले ३७ हजार ५ सय ४५ मत मत ल्याएर पछ्याईरहेकी छन् । उनीहरुको बिचको मतान्तर १ हजार ३१ छ । राप्रपाकी रञ्जना सेनले छ ४ हजार १ सय ३१ मत प्राप्त गरेकी छन् ।

१ लाख ४३ हजार २ सय २६ मत खसेको पोखरामा शनिबार साँझसम्म ६४ प्रतिशत मतगणना भइसकेको छ । पोखराको १०, ११, १६, १७, १८, २९, ३० र ३१ नम्बर वडाको गणना चलिरहेको छ भने १९, २१, २२, ३२ र ३३ नम्बर वडाको गणना हुन अझै बाँकी छ । कास्कीमा कुल २ लाख ८१ हजार ८ सय ३३ मतदातामध्ये वैशाख ३० गतेको स्थानीय तह चुनावमा ६९.९० प्रतिशत मत खसेको थियो।



Author

थप समाचार
ad
x