दल

६८२ तहको अन्तिम मत परिणाम सार्वजनिक : एमाले र माओवादीको जोड्‍दा पनि कांग्रेसकै बढी, कसले कति जिते ?

एकीकृत समाजवादीभन्दा जसपा अगाडि

इकागज |
जेठ ७, २०७९ शनिबार ८:१६ बजे

काठमाडौँ– स्थानीय तह निर्वाचन अन्तर्गत विभिन्न स्थानीय तहको मतगणना भइरहेको छ । ७ सय ५३ पालिका मध्ये ६ सय ८२ पालिकाको अन्तिम परिणाम समेत सार्वजनिक भइसकेको छ । जसअनुसार नेपाली कांग्रेसले अग्रता लिइरहेको छ भने दोस्रो स्थानमा एमाले छ । त्यस्तै तेस्रो माओवादी रहेको छ ।

अन्तिम नतिजा सार्वजनिक भएका ६ सय ८२ मा नेपाली कांग्रेसले ३०३ पालिका प्रमुख जितेको छ ।


नेकपा एमालेले १८५ पालिकामा जित हासिल गरेको छ । नेकपा माओवादी केन्द्रले ११७ जितेको छ । एमाले र माओवादीको जोड्‍दा ३०२ पालिकामा जितेका छन् । कांग्रेसको भने ३०३ पालिकामा जित भइसकेको छ ।

जनता समाजवादी पार्टीले २३ पालिकाको मेयर पद जितेको छ ।  नेकपा एकीकृत समाजवादीले १६ पालिकाको प्रमुख पद जितेको छ । लोकतान्त्रिक समाजवादी पार्टीले १० पालिका प्रमुख जितेको छ । अन्य विभिन्न दल र स्वतन्त्र उम्मेदवारले जम्मा २८ पालिकामा प्रमुख पद जितेका छन् । 

अब ७१ पालिकाको अन्तिम परिणाम आउन बाँकी छ ।


Author

थप समाचार
x