दल

विष्णु पौडेलको वडा ३० वर्षपछि कांग्रेसले खोस्यो, पंगेनी विजयी

इकागज |
जेठ ६, २०७९ शुक्रबार ८:१४ बजे

बुटवल- नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलको वडा बुटवल उपमहानगरपालिका–८ को अध्यक्षमा नेकपा एमालेका उम्मेदवार पराजित भएका छन् ।
एमालेका पूर्वनगर कमिटी अध्यक्ष ज्ञानप्रसाद अर्याललाई ३१ मत अन्तरले पछि पार्दै नेपाली कांग्रेसका उम्मेदवार यज्ञप्रसाद पंगेनी विजयी भएका छन् ।

यो वडामा ३ हजार ४३० मत खसेको थियो । यो वडामा २०४९ सालयता पहिलो पटक नेपाली कांग्रेस विजयी भएको हो ।



Author

थप समाचार
x