दल

स्थानीय तह निर्वाचनको परिणाम उत्साहजनक छैन : खनाल

इकागज |
जेठ ३, २०७९ मंगलबार १८:३६ बजे

फाइल तस्‍बिर

काठमाडौँ - सत्तारूढ नेकपा (एकीकृत समाजवादी)का सम्मानीत नेता झलनाथ खनालले स्थानीय तह निर्वाचनको परिणाम उत्साहजनक नभएको टिप्पणी गरेका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै नेता खनालले स्थानीय तह निर्वाचनको प्रारम्भिक परिणाम उत्साहजनक नभएको बनाए । 

गठबन्धन बनाउनुको उद्देश्य भने पूर्ति हुँदै गएको उनको भनाइ छ ।  आगामी दिनमा गठबन्धनलाई कसरी अगाडि बढाउने भन्ने विषयमा भने छलफल गरेर टुंगोमा पुगिने उनले बताए । 


‘अहिलेसम्म जे-जस्तो परिणाम आएको छ, त्यो उत्साहजनक छैन,' उनले भने, 'गठबन्धन जे उद्देश्यको निम्ति बनेको थियो, त्यो उद्देश्य पूर्ति हुँदै गएको छ । गठबन्धनको बारेमा अब कसरी जान्छ भन्ने बारेमा हामी छलफल गरेर टुंगो गर्छौँ ।’
 


Author

थप समाचार
x