संसद्

संविधान निर्मातालाई पूर्वसभामुख ढुंगानाको प्रश्न—अनन्‍त अवरोधका लागि संसद्को‍ तर्जुमा गर्नुभएथ्यो ?

इकागज |
माघ ३, २०७८ सोमवार १२:४६ बजे

काठमाडौँ – पूर्व सभामुख दमननाथ ढुंगानाले लामो समयदेखि सदन अवरुद्ध भएकोमा असन्तुष्टि जनाएका छन् । कोभिड–१९ महामारीमा जनजीवन खल्बलिएका बेला संघीय संसद्‍अन्तर्गतका दुवै सदन अवरुद्ध भएकोमा ढुंगानाले असन्तुष्टि जनाएको हुन् । संविधान निर्मातालाई उनले प्रश्न गरेका छन्, ‘अनन्त अवरोधका लागि संसद्को तर्जुमा गर्नुभएथ्यो ? सत्ता पक्षले पनि बुझोस् यो राष्ट्रिय लाचारीको विषय हो ।’

नेकपा एमालेको अवरोधका कारण संघीय संसद्‍अन्तर्गतका दुवै सदन लामो समयदेखि अवरुद्ध छन् । सदन सन्चालनका लागि सरकारले पटक-पटक प्रयास गरे पनि गतिरोध अन्त्य हुन सकेको छैन । 


 


Author

थप समाचार
x