‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

फाइल फाेटाे
काठमाडौं - नेपाल प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ ।
विधेयक सर्वसम्मतिले स्वीकृत भएको घोषणा गर्दै सभामुख देवराज घिमिरेले विधेयकमाथि प्रतिनिधिसभा नियमावली २०७९ को नियम ११२ बमोजिम संशोधन पेस गर्न चाहनुहुने सांसदलाई संघीय संसद् सचिवालय सिंहदरबारमा पेस गर्नसक्ने जानकारी दिए ।
सो विधेयकमाथिको सामान्य छलफलका क्रममा आज ६७ जना सांसदले आ–आफ्नो धारणा राखेका थिए । गृहमन्त्री रमेश लेखकले ‘नेपाल प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रतिनिधिसभासमक्ष पेस गर्नुभएको थियो । मन्त्री लेखकले विधेयकमाथि उठेका प्रश्नको जवाफ दिएका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया