संसद्

ओलीले संसदमा भने - प्रधानमन्त्री प्रचण्डले भारतबाट साँच्चै ल्याएको पन्ध्रवटा राँगा नै हो

इकागज |
जेठ २२, २०८० सोमबार १६:१६ बजे

काठमाडौँ– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को भारत भ्रमण उपलब्धिपूर्ण नभएको बताएका छन् । सोमबार प्रतिनिधिसभामा बोल्दै ओलीले प्रधानमन्त्री प्रचण्डले भारतबाट राँगाबाहेक केही नल्याएको बताए । 

‘प्रधानमन्त्री प्रचण्डले भारतबाट साँच्चै ल्याएको चाहिँ १५ वटा राँगा नै हो । साँच्चै ल्याएको चाहिँ है । अरु कुरा त प्रमाणित गर्नुपर्छ ल्याए भने,’ उनले भने, ‘चढेर आए पनि डोहोर्याएर ल्याए पनि ।’


राष्ट्रपति रामचन्द्र पौडेलबाट भएको नागरिकता विधेयक प्रमाणीकरण र कालापानीको भूभाग सट्टापट्टा गर्ने प्रचण्डको अभिव्यक्तिलाई लिएर एमाले, राप्रपा, रास्वपालगायत प्रतिपक्षी दलले आइतबारको सदन अवरुद्ध गरेका थिए । सोमबार प्रधानमन्त्रीले जवाफ दिएपछि संसद् बैठक चलेको हो ।

अहिले संसदमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो मन्तव्य दिइरहेका छन् । 


Author

थप समाचार
x