संसद्

प्रतिपक्षीलाई प्रधानमन्त्रीको प्रश्न : संविधानमा प्रश्न नउठ्ने गरी त्यो विधेयकलाई पारित गर्ने उपाय के छ ?

इकागज |
जेठ २२, २०८० सोमबार १५:१३ बजे

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रतिपक्षी दललाई संविधानमा प्रश्न नउठ्ने गरी नागरिकता विधेयकलाई पारित गर्ने उपाय के छ ? भनि प्रश्न गरेका छन्  । सोमबारको प्रतिनिधिसभामा उनले सदनमा उठेका प्रश्नको बारेमा उत्तर दिँदै यस्तो बताएका हुन् ।

‘मिचिएको संविधानलाई ट्र्याकमा ल्याउने सबैभन्दा वैधानिक उपाय के हो ? एउटा राष्ट्रपतिले संविधानको रक्षक र पालकको हैसियतमा पूरा गर्नुपर्ने दायित्व पूरा नगरेर विधेयकलाई होल्डमा राखेको स्थिति खारेज गर्न सम्भव थिएन,’ उनले भने, ‘फेरि फिर्ता पठाउन पनि सम्भव थिएन । सदनले दुई दुई पटक पारित गरेको विधेयक हो त्यो । बसेको छ राष्ट्रपति कार्यालयमा । राष्ट्रपति कार्यालयको दराजमा छ त्यो । संविधानमा प्रश्न नउठ्ने गरि त्यो विधेयकलाई पारित गर्ने उपाय के छ ? गलत सदनमा ल्याउने विकल्प भनेको अघिल्लो सदनले गरेको दुई-दुई पटक गरेको निर्णयलाई अपमान हो ।’


उनले बोल्दा बोल्दै प्रतिपक्षी दल एमालेले अवरोध गरेको थियो । एमाले सांसद सूर्य थापाले संविधानमा प्रतिनिधिसभा विघटन भएपछि पुराना विधेयक निष्क्रिय हुने भन्दै प्रधानमन्त्रीले बोल्दा बोल्दै अवरोध गरेका थिए । 


Author

थप समाचार
x