संसद्

संसद्‌मा रघुजी पन्तको प्रश्न–पुष्पकमल दाहालजी प्रधानमन्त्री हो कि सभामुख हो ?

इकागज |
जेठ २२, २०८० सोमबार १३:३ बजे

काठाडौँ–एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई उहाँ प्रधानमन्त्री हो कि सभामुख हो भन्दै प्रश्न गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा नागरिकता विद्ययेकका संन्दर्भमा बोल्दै उनले यस्तो प्रश्न उठाएका हुन् । 

‘हाम्रो नागरिकता विधेयकमा विषयमा भन्दा ठूलो आपत्ति प्रक्रियामा हो,’ उनले भने, ‘संसद्को विषेशाधिकार हनन् भएको कुरामा हो । पुष्पकमल दाहाल देशको प्रधानमन्त्री हो कि उहाँ सभामुख पनि हो ?’


नागरिकता प्रमाणीकरणका लागि पठाउने अधिकार सभामुख वा राष्ट्रसभाको अध्यक्षलाई मात्रै हुने भन्दै प्रधानमन्त्रीले अघिकार खोस्ने प्रयत्न गरेको बताए । 


‘संविधानको धारा ११३ ले स्पष्ट रुपमा लेखेको छ विधेयकहरूलाई प्रमाणिकरण गरेर राष्ट्रपतिकामा पठाउने अधिकार कि सभामुखलाई हुन्छ कि राष्ट्रसभाको अध्यक्षलाई हुन्छ,’ उनले भने, ‘त्यो अधिकार खोस्ने अधिकार प्रधानमन्त्रीलाई कहाँबाट प्राप्त भयो ?’ 
 


Author

थप समाचार
x