संसद्

भारत भ्रमण द्विपक्षीय सम्बन्धलाई अझ बलियो बनाउने मामलामा केन्द्रित रहयो : प्रधानमन्त्री

इकागज |
जेठ २२, २०८० सोमबार १२:५ बजे

काठमाडौँ–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमण द्विपक्षीय सम्बन्धनलाई अझ बलियो बनाउने मामलामा केन्द्रित रहेको बताएका छन् । सोमबार प्रतिनिधिसभामा आफ्नो भ्रमणबारे सदनलाई जानकारी गराउँदै यस्तो बताएका हुन् । 

‘मेरो भ्रमण आगामी दिनमा द्विपक्षीय सम्बन्धनलाई अझ बलियो बनाउने मामलामा केन्द्रीत रहयो,’ उनले भने, ‘विशेष गरी राष्ट्रको आर्थिक मामलामा राष्ट्रको दिर्घकाकालीन हितमा सम्झौताहरू भएका छन् । राजनीतिक मामिलामा आपसी विश्वास बढाउँदै छलफल र वार्ता द्वारा निकास खोज्ने दिशामा अर्थ पूर्ण प्रतिवद्धता भएका छन् ।’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको हैदराबाद हाउसमा भएको भेटघाट एकदमै महत्वपूर्ण भएको समेत उनले बताए ।



Author

थप समाचार
x