संसद्

प्रधानमन्त्रीले राष्ट्रपतिलाई गैर संवैधानिक काम गर्न उक्साउनुभयो : योगेश भट्टराई

इकागज |
जेठ २२, २०८० सोमवार ११:५४ बजे

काठमाडौँ–एमाले नेता तथा सांसद योगेश भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिलाई गैर संवैधानिक काम गर्न उक्साएको बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद् भट्टराईले यस्तो बताएका हन् ।

 
‘प्रधानमन्त्रीले आफूसँग नभएको अधिकार विधेयक प्रमाणीकरण गर्ने अधिकार उहाँलाई कसले दियो ?,’ उनले भने, ‘त्यो अधिकार प्रयोग गरेर राष्ट्रपतिलाई गैर संवैधानिक काम गर्न उक्साउने ।’ उनले नागरिकता विधेयक प्रमाणीकरणमा संसद्को विशेषाधिकार हनन् भएको भन्दै हनन् गर्नेलाई कारबाही गर्ने नियम रहेको बताए ।   । ‘संविधान मिच्न दुरुष्हान गर्ने यो संसदमा नियमावालीमाछ भने विशेषअधिार हनन भयो भने संसद्को विषेश अधिकार हनन् गर्ने माथि पनि कारबाही हुन्छ,’ उनले भने, ‘राष्ट्रपतिलाई विधेयक प्रमाणीकरण गर्न प्रयोग गरेको धारा पनि गलत भएको भनेका छन् ।’



उनले नागरिकता को समस्या धेरै अगाडिदेखिको समस्या भएकाले यसलाई राष्ट्रिय समहमतिबाट समाधान गर्नुपर्ने समेत बताए ।  ‘धेरै नेपालको नागरिकताको समस्या आजदेखिको होइन,’ उनले भने, ‘तर यसलाई एउटालाई अर्कोलाई आरोप लगाउने तरिकारले बहस गर्न चाहदैनौँ । यो सिंगो मुलुकको समस्या हो । सबै दलको समस्या हो । यो संघीय संसदको समस्या हो । यसलाई एउटा राष्ट्रिय सहमतिका साथ दीर्घकालिनहिसाबले समाधान गर्नुपर्छ भन्ने हाम्रो पार्टीको सोच आज मात्रै होइन हिजो पनि थियो ।’
 


Author

थप समाचार
x