संसद्

पूर्वसांसद मिना पाण्डेको निधनमा राष्ट्रिय सभाबाट शोक प्रस्ताव पारित

इकागज |
जेठ २१, २०८० आइतवार १४:८ बजे

फाइल फोटो

काठमाडौं - राष्ट्रिय सभाले प्रतिनिधि सभाका पूर्वसदस्य एवं संविधान सभा सदस्य एवं पूर्वराज्यमन्त्री मिना पाण्डेको निधनमा शोक प्रस्ताव पारित गरेको छ । आइतबार बसेको राष्ट्रिय सभाको दोस्रो बैठकले पाण्डेको निधनमा शोक प्रस्ताव सर्वसम्मतले पारित गरेको हो । पहिलो बैठक एमालेसहितका प्रतिपक्षी दलको अवरोधका कारण स्थगित भएर बसेको दोस्रो बैठकले पाण्डेको निधनप्रति शोक प्रस्ताव पारित गरेको हो । 

आइतबारको बैठकको कार्यसूचीमा रहेका क्रमश संख्या १, २ र ३ नम्बरका कार्यक्रम हटाएर दोस्रो बैठक बसेको हो दोस्रो बैठकले शोक प्रस्ताव पारित गरेर सोमबार दिउँसो १ बजेर १ मिनेटमा बस्नेगरी स्थगित गरिएको हो । शोक प्रस्ताव पारितपछि पाण्डेको निधनमा उठेर मौन धारण गरिएको थियो । 


नेपाली काँग्रेस पार्टीबाट २०४८ र २०५१ सालमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी पाण्डे २०६४ सालको संविधान सभा निर्वाचन र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक सदस्यमा निर्वाचित सदस्य थिइन् । पूर्व महिला, बालबालिका तथा समाजकल्याण राज्यमन्त्री पाण्डेको  यही १६ जेठमा ७२ वर्षको उमेरमा निधन भएको थियो । 
 


Author

थप समाचार
x