संसद्

एमालेद्वारा संसद बैठक अवरुद्ध

इकागज |
जेठ २१, २०८० आइतबार १२:३९ बजे

काठमाडौं– नेकपा (एमाले)ले प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले असंवैधानिक ढंगले नागरिकता विधेयक प्रमाणीकरण गरेको, प्रधानमन्त्रीले भारत भ्रमणको क्रममा आफ्नो नेपाली भूमि भारतसँग साट्ने काम गरेको विरोधमा आईतबार बसेको प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको हो । 


बैठकका बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले राष्ट्रपतिले प्रमाणिकरण गरेको विधेयक निष्क्रिय बनाई एक हप्ता भित्र सरकारले संसदले अर्को विधेयक नल्याएसम्म संसद बैठक चल्न नदिने चेतावनी दिए । राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयक निष्क्रिय नबनासम्म बैठक चल्न नदिने एमालेको चेतावनी रहेको छ ।


Author

थप समाचार
x