संसद्

सरकारको नीति तथा कार्यक्रम छोराछोरी जन्माइसकेपछि जन्माउनेबारेको छलफल : मेटमणि चौधरी

इकागज |
जेठ १३, २०८० शनिबार १८:५ बजे

काठमाडौँ- सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले सरकारले प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रम समयमा प्रस्तुत हुन नसकेको बताएका छन् ।

शनिबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकारको नीति तथा कार्यक्रम ढिला गरी प्रस्तुत भएको बताए । उनले नीति तथा कार्यक्रम समयमा नै छलफल गर्न समय पुग्नेगरी प्रस्तुत हुने पर्ने समय निर्धारण हुनुपर्ने बताए ।


उनले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम छोराछोरी जन्माइसकेपछिको छोराछोरी जन्माउने बारेको छलफल जस्तो भएको टिप्पणी गरे । उनले सरकारले आवश्यकता हेरेर बजेट ल्याउनुपर्नेमा जोड दिए । 

उनले भने, ‘हामीले फ्रिसँग नेपाली जनता, राष्ट्र, समस्याको विषयमा फ्रिसँग बोल्न पाउनुपर्ने हो । तर, आज ठूला मान्यज्युहरूलै बोल्दा मनपरी समय निर्धारण नहुने, सांसदले बोल्दा समय तोक्ने कुरा गलत छ । यसलाई सच्याउनुपर्छ । आज हामी यो विषयमा छलफल गर्नु भनेको छोराछोरी जन्मिसकेका छन्, आज हामीले छोराछोरी जन्माउने बारेमा छलफल गरिरहेका छौँ, कुन विषय कहिले उठाउने यसमा कन्फर्म गरौँ । नियमावलीमा करेक्शन गरेर भए पनि समय निर्धारण गरौँ ।’ 

उनले राजश्व नियन्त्रण गर्न नसकेको र मिलीजुली राजश्व छल्ने काम गरिरहेको आरोप लगाए । 


Author

थप समाचार
x