संसद्

राजनीतिक व्यवस्था बदलियाे तर प्रवृत्ति बदलिएन : सन्तोष परियार

इकागज |
जेठ १३, २०८० शनिवार १७:५९ बजे

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले देशको राजनीतिक अवस्था परिवर्तन भए पनि प्रवृत्ति नबदलिएको बताएका छन् । शनिबार प्रतिनिधि सभाको नीति तथा कार्यक्रमको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् । 

‘नीति तथा कार्यक्रम पढिरहँदा यस्तो लाग्छ–हामीले राजनीतिक व्यवस्था त परिवर्तन गर्यौँ,’ उनले भने, ‘तर त्यो परिवर्तन भएको व्यवस्था अनुरूपको हाम्रो प्रवृत्ति रहेन । हामी पात्रहरू त्यही रह्यौँ ।’ 


सरकारले ल्याएको नीति तथा कार्यक्रम विगतमा आउने कार्यक्रम जस्तै भएको उनको भनाइ थियो । सांसद परियारले विकासको अवधारणालाई समेत पुनर्परिभाषित गर्नु पर्ने बताए । 

‘हामीले यस्ता नीति तथा कार्यक्रम त कति बनायौँ होला,’ उनले भने, ‘विकासका कुरा कति गर्यौँ होला । तर, यहाँ आएर हामीले भन्नुपर्छ । हामीले बुझेको विकासलाई अब पुनर्परिभाषित गर्नुपर्छ । यो औपनिवेशिक विकास र आधुनिकीकरणले गाँजिएको विकासले के हाम्रो जनजीवनलाई छुन सक्यो । के हामीले विकासका कुनै प्रारूप देख्न सकेनौँ ?’


Author

थप समाचार
x