संसद्

नीति तथा कार्यक्रमको ‘बिरालो बाँध्ने’ शैली बदल्नुपर्छ : विश्वप्रकाश शर्मा

इकागज |
जेठ १३, २०८० शनिबार १७:४६ बजे

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले नीति तथा कार्यक्रम ल्याउने र छलफल गर्ने शैली बदल्नुपर्ने बताएका छन् ।

शनिबार बसेको प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथिकाे छलफलमा भाग लिँदै शर्माले यस्तो बताएका हुन् । ‘नीति तथा कार्यक्रमको यो शैली बिरालो बाँध्ने परम्परा भनेर धेरै आलोच्य भएको छ,’ उनले भने, ‘यसलाई अन्तिम बनाउनुपर्छ भनेर म अपिल गर्न चाहन्छु ।’ 


नीति तथा कार्यक्रम चैत्र महिनामै ल्याएर छलफल गर्न पनि उनले सुझाव दिए । ‘नीति तथा कार्यक्रम चैत्र महिनामै ल्याऔँ,’ उनले भने, ‘सरकारले प्रस्तावित गर्ने र संसदले परिमार्जित गर्ने आगामी वर्ष र दिनका लागि संकल्प गरौँ ।

'यसका लागि यो क्रम भंग गर्ने काम आजै प्रधानमन्त्रीले आफ्नो सम्बोधन मार्फत गर्नुहुन्छ भन्ने अपेक्ष म राख्न चाहान्छु,’ उनले भने ।
 


Author

थप समाचार
x