संसद्

मिटरब्याजीहरूलाई राजनीतिक दलले संरक्षण गर्नुहुँदैन : डा. पौड्याल

इकागज |
चैत १६, २०७९ बिहिवार १४:१९ बजे

काठमाडौँ- राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले मिटरब्याजीहरूलाई संरक्षण नगर्न राजनीतिक दलहरूलाई आग्रह गरेका छन् ।

बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य डा. पौड्यालले मिटरब्याजीहरूलाई राजनीतिक दलका कार्यकर्ताले संरक्षण गरिरहेको भनेर पीडितहरूले भनेका भन्दै त्यसरी संरक्षण नगर्न आग्रह गरेकी हुन् । उनले मिटरब्याजीहरूलाई दलका कार्यकर्ताले संरक्षण गरे, नगरेको विषयमा दलहरू बोल्नुपर्ने बताइन् ।


उनले दलहरूले आफ्ना मतदाता र समर्थकबाट मिटरब्याजीको संरक्षण हुन दिनु नहुने बताइन् । त्यसैगरी उनले मिटरब्याज पीडितहरूलाई खुलामञ्चमा बस्न नदिइएको भन्दै असन्तुष्टि व्यक्त गरिन् ।

मिटरब्याज गैरकानुनी भएको भन्दै त्यसका विषयमा जनचेतना जगाउनुपर्ने डा. पौड्यालकाे भनाइ छ । ​


Author

थप समाचार
x