संसद्

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई संशोधन गरेर अघि बढाउनुपर्ने भन्दै सभामुखलाई ज्ञापनपत्र

इकागज |
चैत १५, २०७९ बुधबार १५:१७ बजे

फाइल फोटो

काठमाडौँ - द्वन्द्वपीडित सुरक्षाकर्मी परिवार संस्थाले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई संशोधन गरेर अघि बढाउनुपर्ने भन्दै सभामुख देवराज घिमिरेलाई ज्ञापन पत्र बुझाएका छन् । 

सरकारले हालै ल्याएको संक्रमणकालीन न्यायसम्बन्धी विधेयकले आफूहरूको माग सम्बोधन हुन नसक्ने भएकाले यसलाई संशोधन गरेर अघि बढाउनुपर्ने भन्दै बुधबार संस्थाले सभामुख घिमिरेलाई ज्ञापन पत्र बुझाएका हुन् । 


उनीहरूले सरकारले ल्याएको विधेयकका केही दफाहरूमा संशोधन गर्नुपर्ने बुँदाहरूका बारेमा पनि जानकारी गराएका छन् । संस्थाको ज्ञापन पत्र बुझ्दै सभामुख घिमिरेले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई बिधिसम्वत ढंगबाट अघि बढाउने बताए । उनले सरकारले ल्याएको बिधेयकमाथि संशोधन आइरहेको भन्दै त्यसलाई समेटेर अघि बढ्ने धारणा राखे ।  संस्थाले दिएको सुझावहरूलाई आफूले दलहरूबीच छलफल चलाउने उनको भनाइ छ । 

संस्थाले सशस्त्र द्वन्द्वका कारण जनधनको क्षति ब्यहोरेका पीडित सुरक्षाकर्मीहरू माथि अन्याय भएको भन्दै विधेयकमा आफूहरूको माग समावेश हुनुपर्ने जनाएका छन् ।


 


Author

थप समाचार
x