संसद्

सत्य निरुपण तथा मेलमिलाप आयोग विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव पारित

इकागज |
चैत १२, २०७९ आइतवार २०:१० बजे

काठमाडौँ- प्रतिनिधि सभाबाट बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले पारित भएको छ ।

आइतबार बसेको प्रतिनिधि सभाको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले पारित गरेको हो । प्रतिनिधि सभाको आजको बैठकमा सो विधेयकमाथि सांसदहरूले आफ्नो आफ्नो धारणा व्यक्त गरेका थिए ।


प्रतिनिधि सभाको अर्को बैठक चैत्र १५ गते १ बजे बस्नेछ । 


Author

थप समाचार
x