संसद्

बारा २ मा बैशाख १० मै निर्वाचनको कार्यक्रम घोषणा गरेकोप्रति सिके राउतको असन्तुष्टि

इकागज |
चैत १२, २०७९ आइतबार १५:५८ बजे

फाइल फोटो

काठमाडौँ - जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले बारा २ मा सांसद पद खाली भएको सूचना संसदमा जानकारी गराउन नपाउँदै निर्वाचन आयोगले निर्वाचनको कार्यक्रम घोषणा गरेकोमा असन्तुष्टि जनाएका छन् । 

आइतबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद राउतले आयोगको यो कदमले विश्वासनियतामाथि प्रश्न उठाएको बताए । उनले निर्वाचन आयोगलाई सरकारको तर्फबाट कुनै दबाब नराख्न समेत आग्रह गरे । 



Author

थप समाचार
x