संसद्

सत्तारुढ दलका सांसदको प्रश्नः नक्कली कागजात बनाएर विदेश पठाइँदा सरकार के हेरेर बसेको छ ?

इकागज |
चैत १२, २०७९ आइतबार १५:४४ बजे

फाइल फोटो

काठमाडौँ - राष्ट्रिय सभा सदस्य जयन्तीदेवी राईले वैदेशिक रोजगार व्यावसायिक संस्थाहरूले मनपरी ढंगले विदेश पठाइरहेको बारेमा सरकार जानकार छ की छैन भन्दै प्रश्न गरेकी छिन् । 

आइतबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले वैदेशिक रोजगार व्यावसायिक संस्थाहरूले मनपरी ढंगले श्रमिकहरुलाई विदेश पठाइरहेको भन्दै सरकारले आवश्यक कदम चाल्न माग गरिन् । उनले नक्कली कागजपत्रहरू बनाएर वैदेशिक रोजगार व्यावसायिक संस्थाहरूले मनपरी गरिरहेको प्रति सरकारको ध्यानाकर्षण गराइन् । उनले नागरिकलाई सरकारले वैदेशिक रोजगारीमा जाने र सुरक्षितसँग काम गर्ने वातावरण सिर्जना गर्नुपर्ने बताइन् । उनले सरकारले स्वदेशमा नै उद्योगधन्दाहरू खोलेर रोजगारी सिर्जना गर्नुपर्ने बताइन् । 


उनले भनिन्, ‘आज वैदेशिक रोजगार व्यावसायिक संस्थाहरूले मनपरी ढंगले विदेश पठाइरहेको छ । विभिन्न खालका कागजपत्रहरू बनाएर, नक्कली कागजपत्रहरू बनाएर पठाइरहेको स्थितिलाई सरकारले निगरानी राख्नुपर्छ की पर्दैन । उनीहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्छ की पर्दैन ? जे गर्दा पनि खुला रुपले यो ढंगले यसको दुःख र कष्ट आज गरिब, निमुखा जनताले भोगिरहेका छन् । त्यसैले सरकारले वैदेशिक रोजगारीमा जाने र सुरक्षितसँग काम गर्ने र स्वतन्त्र ढंगले काम गर्ने वातावरण सिर्जना गर्नुपर्छ । पहिला त स्वदेशमा नै रोजगारी सिर्जना गरी राष्ट्र निर्माणमा लगाउनुपर्छ ।’ 

सांसद राईले युवाहरूलाई स्वरोजगार बनाइ समाजमा सम्मानपूर्वक बाच्न दिनुपर्ने बताइन् । 


Author

थप समाचार
x