संसद्

'मिटरब्याजी पीडितहरूको समस्या समाधान गर्न सरकार गम्भीर होस्'

इकागज |
चैत १२, २०७९ आइतबार १५:१२ बजे

फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय सभा सदस्य गंगाकुमारी बेलवासेले मिटरब्याजी पीडितहरूको समस्या समाधान गर्न सरकारसँग आग्रह गरेकी छिन् ।

आइतबार बसेको राष्ट्रिय सभाको बैठकमा उनले यस्तो माग गरेकी हुन् । उनले देशभर नै अहिले मिटरब्याज पीडितहरूको समस्या बढ्दै गइरहेकाले यसमा सरकारले गम्भीर बन्नुपर्ने बताइन् ।


उनले भनिन्, ‘एउटा दुःख लाग्दो आन्दोलन छ, मिटरब्याजी संघर्ष समितिको आन्दोलन । करिब २० वर्ष यता मिटरब्याजमा पैसा लगाउनेहरू र घर खर्च चलाउन महंगो ब्याजदरमा ऋण लिनेहरू बीचको संघर्ष २० वर्ष वरपर पुगेको छ । उहाँहरूले विषय उठाउनुभएको छ । उनीहरू तीन तहको सरकारमा पुग्नुभएको छ, तर पनि मिटरब्याजीहरू उहाँहरूलाई नै दुःख दिने किसिमले आइरहेका छन् ।’

सांसद बेलवासेले हरेक तहमा मिटरब्याजी पीडितहरूले समस्याको उठान गरे पनि समस्या समाधान हुन नसकेको बताइन् ।


Author

थप समाचार
x