संसद्

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

इकागज |
चैत ८, २०७९ बुधवार ९:४६ बजे

फाइल तस्बिर

काठमाडौं - आज राष्ट्रियसभा बैठक बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । 

सचिवालयका अनुसार आजको बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा जानकारी गराउने सम्भावित कार्यसूची छ । 


प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आस्वासन समितिको ‘प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको वार्षिक प्रतिवेदन ०७८/७९’ पेस गर्ने सम्भासति कार्यसूची रहेको छ । 

दलित समुदायका विभेद र उत्पीडनहरूको अन्त्य गरी सामाजिक–सांस्कृतिक, आर्थिक, राजनीतिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्ने सम्बन्धी संकल्प प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ । 


Author

थप समाचार
x