संसद्

बैठकमा सभापति र सांसद चौधरीबीच भनाभन

इकागज |
असार २०, २०७९ सोमबार १६:४२ बजे

काठमाडौँ - नेकपा एमालेकी सांसद गंगा चौधरी र र वरिष्ठताका आधारमा सभापतित्वको भूमिका निभाएका सांसद मुकुन्द न्यौपानेबीच समितिमै भनाभन भएको छ ।

सोमबार राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा सभापति न्यौपानेले प्रतिनिधि सभाको बैठक रहेकोले समय घटाएर बोल्न भनेपछि सांसद चौधरीले समय नभए किन बोलाउनुभएको ? भन्दै प्रश्न गरिन् । 


उनीहरुको जवाफ, प्रतिजवाफ यस्तो छः

‘सांसद चौधरीः संसद छ भने भोलि बैठक बोलाउनुस् ।
सभापतिः तपाई छोटो बोल्नुस्
चौधरीः हामीलाई किन बोलाउनु भयो त ? हामीलाई संशोधन नहाल्नुस् भन्नुपथ्र्यो नि त । हाम्रो आफ्नो कुरा राख्न दिनुहुन्न ? आज नभ्याए अर्को दिन बोलाउनुस् न बैठक ?
सभापतिः एक घण्टा बोलिरहन पाए डिस्टर्ब नहुने ? आफूलाई सुधार्नुस् ।’


Author

थप समाचार
x