संसद्

अजरबैजानबाट आज साँझ स्वदेश फर्कदै सभामुख सापकोटा

इकागज |
असार १९, २०७९ आइतवार १७:११ बजे

फाइल फोटो

काठमाडौँ - सभामुख अग्निप्रसाद सापकोटा अजरबैजानको राजधानी बाकुबाट आज स्वदेश फर्किदैछन् । 

नेपाली संसदीय प्रतिनिधिमण्डलको बाकुमा सम्पन्न ‘असंलग्न आन्दोलनको संसदीय सञ्जाल’को सम्मेलनमा सहभागी भएर सभामुख सापकोटासहितको टोली आज साँझ ७ः१५ बजे स्वदेश फर्कन लागेको सभामुखको सचिवालयले जानकारी दिएको छ ।  


भ्रमणबारे सापकोटाले आज साँझै त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरूलाई जानकारी दिनेछन् ।  


Author

थप समाचार
x