संसद्

नेता खनालको दाबी : ओली नेतृत्वको सरकारका कारण जनतामा निराशा छायो

इकागज |
असार १६, २०७९ बिहीबार १६:१ बजे

फाइल तस्बिर

काठमाडौँ- सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले दुई तिहाई बहुमत प्राप्त केपी ओली नेतृत्वको सरकारले अपेक्षा अनुसार काम गर्न नसक्दा जनतामा निराशा छाएको दाबी गरेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका सम्मानित नेता खनालले मुलुकलाई समृद्ध बनाउन समाजवादी नीति तथा कार्यक्रम आवश्यक रहेको उल्लेख गर्दै त्यसका लागि गहन छलफल चलाई दिन पूर्व सांसद मञ्च, नेपाललाई आग्रह समेत गरे । संविधानले समाजवादी बाटोतिर जान निर्देश गरेपनि सरकार र राजनीतिक दलहरूले सोही अनुसारको नीति तथा कार्यक्रम ल्याउन नसकेको उनको निष्कर्ष थियो ।


६४ औं संसद् दिवसको अवसर पारेर बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ओली नेतृत्वको तत्कालीन नेकपाको सरकारले समृद्धिको खोक्रो नारा लगाएपनि त्यसका लागि आवश्यक नीति तथा कार्यक्रम ल्याउन नसकेको बताए ।

सम्मानित नेता खनालले नयाँ संविधान निर्माण भएपछि बनेका सरकारहरूले आफ्नै भूगोल अनुरुपको एउटा पनि उद्योगधन्दा स्थापना गर्न नसकेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे ।


Author

थप समाचार
x